रिपब्लिक मिडियाले साढे ४३ करोडको आईपीओ जारी गर्ने « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

रिपब्लिक मिडियाले साढे ४३ करोडको आईपीओ जारी गर्ने



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनको अुनमति माग्दै कम्पनी नियामक निकायम नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४३ लाख ५३ हजार कित्ता आईपीओ जारी गर्न कात्तिक २ गते बोर्डमा निवेदन पेश गरेको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्र प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्