सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । गत आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको कम्पनीको आइपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेकोमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयरमा आवेदन परेको थिएन ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । उक्त सेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसका आधारमा न्युनतम ५० कित्ता भर्नका लागि १८ हजार ४५ रुपैयाँ आवश्यक पर्नेछ ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्