मंसिर मसान्तसम्म काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार करदाताले बुझाए कर « Arthapath.com
२४ पुष २०८०, मंगलवार

मंसिर मसान्तसम्म काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार करदाताले बुझाए कर



काठमाडौँ । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर बुझाएका छन् । यसरी तिरिएको करबाट २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको हो ।

३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन्। यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो । गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्