नेपालीको सर्वाधिक रोजाईमा इलेक्ट्रिक कार ‘नेटा भी’, किन बढ्दैछ लोकप्रियता ? « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

नेपालीको सर्वाधिक रोजाईमा इलेक्ट्रिक कार ‘नेटा भी’, किन बढ्दैछ लोकप्रियता ?



काठमाडौं । झापा सुरुङ्गा कन्काई नगरपालिका–३ का जीवन कुमारी उप्रेतीले दशैंको बेला नेटा भी गाडी खरिद गरे । उनले दशैंको सप्तमीको दिन पछिल्लो समय निकै लोकिप्रिय बनेको विद्युतीय कार नेटा भी लिए ।

उनी पेशाले ठेकेदार हुन् । त्यो गाडी लिएर उनी काठमाडौंबाट झापा पुगे, बाटोमा एक ठाउँमा मात्र फास्ट चार्जिङ्गबाट गाडी चार्ज गरे । उनी निकै आरादायी, र रमणीय यात्रासंगै झापा पनि पुगे । त्यसपछि उनी दशैंको पर्सीपल्ट झापाबाट ताप्लेजुङ सोही नेटा भी गाडी लिएर हिँडे । त्यो बीचको सडकका गाडी कहिँकतै ठोकिने, छुईने र कतै अप्ठयारो नभएको अनुभव सुनाए ।

उनले भने,– “मजाले झापा पुगियो, ताप्लेजुङको बाटो झनै अप्ठयारो छ, तर त्यस्तो बाटोमा पनि स्टेरिङ्ग मजाले चल्यो, मलाई निकै आनन्द आयो । त्यसपछि झनै नेटा भी प्रति मेरो विश्वास बढेको छ ।” उनले थपे,–“नेटा भी मलाई निकै मन पर्यो, यसको लुक्स पनि अति नै आकर्षक, हावाले पनि असर नगर्ने, हेर्दा पनि चट्ट परेको एकदमै कम्फटेवल छ ।”

नेटा भीको मुख्य कुरा स्पोटी लुक्समा रहेको र मुख्य आकर्षक नै स्टेरिङ्ग हेरेर लिएको उप्रेतीले बताए । स्टेरिङ्ग एकदम फ्रि, र सजिलो छ, अर्को फाइदा भनेको यसमा माइलेजमा पनि कुनै समस्या नै नरहेको र ब्रेकिङ् पनि उत्तिकै सहिजो रहेको उनले बताए । उनले भने,–“म नेटा भी लिएर एकदमै सन्तुष्ट छु, तपाईहरुले पनि लिनुभयो भने दुःख दिँदैन। विद्युतीय गाडीका लागि सबैभन्दा ठुलो कुरा माइलेज हो, यसमा कुनै पनि समस्या छैन सबैभन्दा राम्रो पाउन सकिन्छ ।”

इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्स रहेको छ । नेटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

नेटा भी कारले नेपाली यातायात जगतमै नयाँ आयाम ल्याएको सीजी मोटर्सलेको दावी छ । नेटा भी आकर्षक सीयूभी हो । यसमा प्रयोग भएका इन्जिन, यसले प्रदान गर्ने माइलेज र आकर्षक फिचरले नै यसको लोकप्रियता बढेको कम्पनीले जनाएको छ ।

वातावरणीय प्रदूषणलाई पनि मध्ये नजर गर्दै आगामी दिनमा पनि विद्युतीय सवारीमात्र आयात गर्ने योजना रहेको सीजी मोटर्सले जनाएको छ । सीजीले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्थ पनि बनाउँदै जाने तयारीमा समेत गरेको छ ।

कस्तो हो नेटा भी ?

नेटा भीको लम्वाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४२० एमएमको रहेको छ । यसको एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ ।

आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । नेटा भी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको सिट क्षमता ५ वटा रहेको छ ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने बताइएको छ । नेटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ । यो फ्रन्ट ड्राइभ मोड कार हो । इभीमा भएको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । इलेक्ट्रिक नेटा भी नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ मूल्य पर्दछ । गाडीलाई चीनमा सन् २०१४ मा स्थापित होजन अटो न्यू इनर्जी भेइकल कम्पनीले उत्पादन गरिरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्