एक करोड लगानीमा बन्यो हेटौँडामा विद्युतीय सवारी चार्जिङ स्टेशन « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

एक करोड लगानीमा बन्यो हेटौँडामा विद्युतीय सवारी चार्जिङ स्टेशन



हेटौडा । पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । तीन जनायूवा व्यावसायीको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

एक करोड रुपियाँभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुविधा सम्पन्न दुर्गामाता चार्जिङ स्टेसनको बिहीबार हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले शुभारम्भ गरेका हुन् ।

युवा व्यवसायी उपेन्द्र सापकोटा, विप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त रूपमा लगानी रहेको सो चार्जिङ स्टेसनमा हाल पाँचवटा विद्युतीय चार्जिङ उपकरण राखिएको छ । एक पटकमा पाँचवटा सवारी साधनमा चार्ज गर्न सकिन्छ ।

चार्जिङ स्टेसनका सञ्चालक पौडेलले थप दुई वटा चार्जिङ उपकरण जडान गर्ने तयारीमा रहेको जानकारी दिए । स्टेसनमा हाल यात्रुको सुबिधाको लागि खाना, गाडीको सरसफाइ, शौचालय लगायतका मिनि मार्केट सेवा व्यवस्था रहेको र निकट भविष्यमा वर्कसप समेत सञ्चालनमा ल्याउने योजना राखिएको बताए ।

पौडेलले सरकारले बिधुतिय सवारी साधनमा सहुलियत दिएसंगै बजारमा बिधुतिय सवारीको चाप बढेको र राजमार्गमा चार्जिङ स्टेसनको अभावमा लामो तथा छोटो दुरीका बिधुतिय सवारी धनी र चालकले समस्या भोग्दै आएकाले सुबिधा सम्पन्न चार्जिङ स्टेसन संचालनमा ल्याईएको बताए ।

पेट्रोल–डिजेलका सवारी साधनले नेपाली पैसा विदेसिरहेको अवस्थामा पेट्रोलियम पदार्थको आयात कमगर्न नेपालमा उत्पादन हुने विद्युत नेपालभित्रै खपत बढाउने योजनामा सहयोग गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको अका संचालक मिजारले बताए ।
हाल प्रदेशको राजधानी रमेत रहेकको हेटौडा भएर लामो तथा छोटो दुरीका एक सय बढि भाडाका बिधुतिय सवारी चल्ने गरेको र राजमार्ग भएर चल्ने सयौको संख्यामा रहेका सकारी साधनलाई लक्षित गरेर चार्जिङ स्टेसनका संचालमा ल्याईएको सञ्चालक सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्