राष्ट्र बैंकले आन्तरिक ऋण असुल्न १५ अर्बको ट्रेजरी बिल आइतबारदेखि जारी गर्दै « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

राष्ट्र बैंकले आन्तरिक ऋण असुल्न १५ अर्बको ट्रेजरी बिल आइतबारदेखि जारी गर्दै



काठमाडौं । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्बभन्दा माथीको ट्रेजरी बिल आज आइतबारदेखि जारी गर्न लागेको छ । राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

२८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ ।

आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्