यस्तो आयो खप्तड लघुवित्तको आईपीओले पहिलो कारोबारका लागि पाउने ओपन रेञ्जको संकेत ! « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

यस्तो आयो खप्तड लघुवित्तको आईपीओले पहिलो कारोबारका लागि पाउने ओपन रेञ्जको संकेत !



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाकोआईपीओ सोमबा बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण गरिएको हो । कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो ।

गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी १२ हजार ३४० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । यी बाहेक बाँकी १८ लाख ६५ हजार ३३५ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपीओ पहिलो कारोबारका लागि १०१ रुपैयाँ ७ पैसादेखि ३०५ रुपैयाँ १ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७ पैसा रहेको छ । सोही कारण कम्पनीको आईपीओले पहिलो कारोबारका लागि १०१ रुपैयाँ ७ पैसादेखि ३०५ रुपैयाँ १ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आईपीओ गत भदौ ८ गतेदेखि जारी पूँजी ४ करोड रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणलाई खुला गरेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्