काठमाडौं । लकडाउनमा पनि माछापुच्छ्रे बैंकले भोलि अर्थात् बुधबार २८ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ । बैंकले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । तपाईंले सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ