८ श्रावण २०८३, शुक्रबार

Banner First

इरानमा यसै हप्ता भिषण सैन्य आक्रमण हुन सक्ने, ट्रम्काे अन्तिम निर्णय कुर्दै अमेरिकी सेना

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव फेरि एकपटक उत्कर्षमा पुगेको छ। स्विट्जरल्याण्डको जेनेभामा भएको पछिल्लो परमाणु वार्तामा कुनै ठोस सहमति हुन नसकेपछि अमेरिकाले इरानमाथि सैन्य आक्रमणको तयारी गरेको खबर बाहिरिएको हो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्तामा केही प्रगति भए पनि अझै धेरै गम्भीर मतभेदहरू बाँकी रहेको बताएकी छन्।