दार्चुला । नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्थापन गर्ने सहमति अनुसार धारचुला पुल क्षेत्रमा रोकिएका पाँच सय नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको छ । दुईवटै देशका सरकारबीच अर्को सहमति नभएसम्म नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिने धारतको धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले जानकारी दिनुभयो