काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक गोविन्द प्रसाद दाहालले नगद रु एक लाख राशिको पुरस्कार कोष स्थापना गरेका छन् । संस्कृत शिक्षालाई प्रोत्साहन गर्नका लागि संस्कृत विश्वविद्यालयमा अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरूका लागि सो पुरस्कार कोष स्थापना गरिएको दाहालले बताए । पुरस्कार कोषको रकम राष्ट्रिय वाणिज्य बैंकको मुद्धती खातामा जम्मा गरेको र