काठमाडौं । एलपि ग्यास लुकाएर राखी कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल एण्ड किराना पसलले ग्यास लुकाएर राखेकोले विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । नमस्ते