१० श्रावण २०८३, आइतबार

समाचार

माछापुच्छ्रे बेकबाट डेढ वर्षमै बाहिरिए स्वतन्त्र सञ्चालक पोखरेल

काठमाडौं । माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक पेशल राज पोखरेलले राजिनामा दिएका छन् । पोखरेलको राजिनामा कात्तिक १९ गते (बुधबार) बसेको बैंकको ५४२ औं सञ्चालक समितिको बैठकले गरेको हो । पोखरेल नियुक्त भएको डेढ वर्षमै बैंकबाट बाहिरिएका हुन् ।