काठमाडौं । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले प्रभावित यातायात कार्यालयमा सर्भर र इलेक्ट्रोनिक उपकरण क्षतिग्रस्त भएपछि बन्द भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सेवा आइतबारदेखि आंशिक रूपमा पुन: सुरु भएको छ । यातायात व्यवस्था विभागका अनुसार २२ कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा सञ्चालनमा आएको छ ।