समाचार « Arthapath.com
१४ असार २०८२, शनिबार

समाचार

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुवै जहाज

काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।