काठमाडौं । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका ८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो। घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज र बाँकी ६ जनाको रुकुमकै सल्लेमा उपचार भइरहेको छ।