गलैंचा उत्पादन तथा निकासीकर्ता संघद्वारा कच्चापदार्थको भ्याट हटाउन माग « Arthapath.com
१३ असार २०८०, बुधबार

गलैंचा उत्पादन तथा निकासीकर्ता संघद्वारा कच्चापदार्थको भ्याट हटाउन माग



काठमाडौं । नेपाल गलैंचा उत्पादन तथा निकासीकर्ता संघले नेपाली गलैंचाहरुमा प्रयोग हुने कच्चापदार्थहरुमा लाग्ने भ्याट हटाउन आग्रह गरेको छन् । बुुधबार नेपाल गलैंचा उत्पादन तथा निकासीकर्ता संघले काठमडौंमा पत्रकार सम्मेलन गर्दै उक्त माग राख्यका छन् ।

बजेटमार्फत आएको व्यवस्थाले नेपाल सरकारको प्राथमिकतामा रहेको नेपाली गलैंचा उद्योगलाई प्राथमिकताबाट हटाइएको संघलाई भान हुन गएको संघले जनाएको हो । निरन्तर नेपाल सरकार र नेपाली गलैचा उद्योग समानान्तर रुपमा अघि बढ्दै राष्ट्र विकासलाई अभिवृद्धि गर्नु पर्ने कार्यमा पुर्णविराम लागेजस्तै भएको संघले जनाएको छ ।

नेपाली गलैंचा उद्योगमा भएका बहुआयामिक समस्याको पहिचान गरी समाधानका निमित्त कार्य गर्दै आएको छ । संघले नेपाली गलैंचा उद्योगको सम्बर्द्धन, प्रवर्द्धन तथा विकासमा आवश्यक पर्ने कार्यमा सहयोग तथा समन्वयको काम समेत गर्दै आएको छ । नेपाल सरकारले सम्पुर्ण उद्योगहरुलाई मूल्य अभिवद्धि करको दायरा भित्र ल्याउनु र व्यवस्थित गर्नु सान्दर्भिक हो । नेपाली गलैचा उद्योग लघु, घरेलु तथा साना उद्योग हो । नेपाल भर साना साना इकाइमा छरिएर रहेको नेपाली गलैचा उद्योगको उत्पादन श्रोतलाई मूल्य अभिवद्धि करको दायरामा ल्याउन अव्यवहारिक देखिन्छ । साना साना इकाइमा सञ्चालित उद्योगहरु मूल्य अभिवद्धि करमा सहभागी हुने भन्दा पलायन हुने सम्भावना बढी नेदिएको जनाएको छ ।

यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ साझेदार दल नेपालकी काँग्रेसका सभापति शेरबहादुर देउवा, माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव अर्जुन प्रसाद पोखरेल, अर्थ मन्त्रालयका राजश्व सचिव राम प्रसाद घिमिरे तथा आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज साई सँग समेत भेट गरी यो समस्याले पार्ने प्रभावका सम्बन्धमा अवगत गराइसकेका संघले जनाएको छ ।

मूल्य अभिवद्धि करमा पचास लाखभन्दा कम कारोबार हुने उद्योगहरु दर्ता हुनु अनिवार्य नरहेको र लघु साना तथा घरेलु मूल्य अभिवद्धि करमा जान नपर्ने व्यवस्था पनि छर्लङ्ग छ । तर ती साना उद्योगहरुले मूल्य अभिवद्धि करमा दर्ता नभएपनि आफ्नो उद्योगको निमित्त कच्चा पदार्थ खरिद गर्दा मूल्य अभिवद्धि कर तिर्नु पर्ने देखिन्छ । साना व्यवसायीहरूले तिरेको मूल्य अभिवद्धि करमा फिर्ता हुने कुनै व्यवस्था देखिँदैन । यहाँ नेपाली गलैचाको उत्पादन लागत बढ्ने हुन्छ । अन्ततः नेपाली गलैचा उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरुमा मूल्य अभिवद्धि करको भार थप्नु र नेपाली गलैचा उत्पादनका विभिन्न प्रक्रियागत उद्योगहरुलाई मूल्य अभिवद्धि करको दायरा भित्र बाँध्नु जस्ता व्यवस्थाहरुले नेपाली गलैचाको मुल्य स्वतः रुपमा अभिवृद्धि हुनेछ । मुल्य अभिवृद्धिको परिणाम निर्यात तथा रोजगारी पर्ने छर्लङ्ग छ ।

नेपाल सरकार समक्ष नेपाली गलैचा उद्योग नम्रताका साथ आ.व. २०८०/०८१ मा नेपाली गलैचा उद्योग सँग सम्वन्धित व्यवस्थाहरुलाई पुनर्विचार गरि यथावत् व्यवस्था कायम गरिदिन हुन नेपाली गलैँचा उद्योग नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ । संघले नेपाली गलैंचा उद्योगका कामदारहरुलाई मूल्य अभिवद्धि कर सम्बन्धि व्यवस्था यथावत् रुपमा कायम हनेछ भन्ने आस्वाशन दिएको अवस्था हो । कुनै कारणवश मूल्य अभिवद्धि कर सम्वन्धि व्यवस्था यथावत् रुपमा कायम हुन नसकेमा रोजगारी र अस्थित्वमै समस्यामा रहेका लाखौं मजदूरहरु सडकमा ओर्लन सम्भावना प्रवल रहेको संघले चेताबनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्