३० लाख कित्ता आइपीओ ल्याउदै इष्टर्न साहारा, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल « Arthapath.com
४ फाल्गुन २०८०, शुक्रबार

३० लाख कित्ता आइपीओ ल्याउदै इष्टर्न साहारा, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । इष्टर्न साहारा कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कास गर्ने भएको छ । कम्पनीले प्रति कित्ता सेयर मुल्य १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

सो प्रयोजनका लागि इष्टर्न साहारा कम्पनी र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहाराको केन्द्रीय कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ । लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ ।

कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।

हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्व: पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्