युनाईटेड अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
३१ असार २०८०, आईतवार

युनाईटेड अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

साविकको युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुँदा १:०.८२५० को अनुपातमा कायम हुन आएको १ करोड ९० लाख ४५ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

योसंगै कम्पनीको रोक्का रहेको सेयर कारोबार पनि फुकुवा भएको छ । अब सोमबारदेखि कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारका लागि ओपनिङग रेञ्ज ४८९ रुपैयाँ ४९ पैसा तोकेको छ।


प्रतिक्रिया दिनुहोस्