नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?



काडमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैशाख ३ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्