सनराइज बैंकको सिईओ–संचालक विवाद मिल्यो, विज्ञ संचालक जोशीको राजिनामा « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

सनराइज बैंकको सिईओ–संचालक विवाद मिल्यो, विज्ञ संचालक जोशीको राजिनामा



काठमाडौं । १ सातादेखी जारी सनराइज बैंकको सिईओ र संचालक समितिविचको विवाद मिलेको छ । आज विहिबार ३ वजे बसेको संचालक समितिको बैठकमा संचालकले सिईओको राजिनामा नमाग्ने र आगामी दिनमा संचालक समिति र सिईओविच मिलेर अघि बढ्ने सहमती भएको छ ।

१ साता अघि संचालक समिति र सिईओविच विवाद बढेपछि बहुमत संचालकहरुले सिईओ हटाउन खोजेका थिए । विहिबार ४ वर्ष पुग्न ४ महिना बाँकी रहेका विज्ञ संचालक ओमकृष्ण जोषीले राजिनामा दिएका छन । आफ्नो केही समय बाँकी छदै विवादमा नपर्ने भन्दै जोषीले राजिनामा दिएका हुन ।

बैंकभित्र सिईओ र संचालक समितिविच कुरा नमिलेपछि आइतबार राष्ट्र बैंकले संचालक समितिलाई बोलाएर सम्झाएको थियो । १ वर्ष अघि सिईओ नियुक्त भएका थिए । १ वर्ष अघि पनि निरज श्रेष्ठलाई सिईओ नियुक्त हुँदा संचालक समितिमै नोट अफ डिसेन्ट आएपछि श्रेष्ठले बैंक ज्वाइन गरेनन् ।

विहिबारको बोर्ड बैठकले बजेट माथीको छलफललगायत अन्य विषयमा केन्द्रीत भएर टुङ्गीएको थियो ।


प्रतिक्रिया दिनुहोस्