चैत २८ र २९ मा नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन, उम्मेदवारी शुल्क नै ५ लाख « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

चैत २८ र २९ मा नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन, उम्मेदवारी शुल्क नै ५ लाख



काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरुको प्रतिष्ठित संस्था नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार आगामी २८ र २९ चैतमा साधारणसभा र निर्वाचन हुनेछ ।

कार्यतालिकाअनुसार साधारणसभा २८ चैतमा होटल याक एण्ड यतीमा हुनेछ भने २९ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम तय गरिएको छ । एक एण्ड यती होटलको साधारणसभाले विधान संशोधन सहितको प्रक्रिया टुंगोमा पु¥याउने छ ।

महासंघको निर्वाचनमा उम्मेदवार बन्न २१ चैत साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनु पर्नेछ । उम्मेदवारी र मनोनयन अनलाइनबाट समेत दर्ता गराउन सकिने महासंघले जनाएको छ । अनलाइन दर्ता गराएको ३ दिनभित्र सक्कल कागजात उपलब्ध गराउनु पर्ने महासंघले आफ्नो वेबसाइटमा राखेको सूचनामा उल्लेख छ ।

महासंघमा वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्याकारणी समितिका सदस्या पदहरुमा निर्वाचन हुनेछ । जसअनुसार वरिष्ठ उपाध्यक्षको लागि मनोनयन शुल्क ५ लाख, उपाध्यक्षका लागि ३ लाख र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्