एड्भेन्चर मिट्सफन रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने « Arthapath.com
२४ आश्विन २०७७, शनिबार

एड्भेन्चर मिट्सफन रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने



काठमाडौं । रोयलइन्फिल्डकादुईबाइकहिमालयनरइन्टरसेप्टरकोटेस्टराइडप्रोग्राम ‘एड्भेन्चर मिट्सफन’ हुने भएको छ। नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटो मोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ।

आगामी आइतबारदेखि एक सातासम्म चल्ने सोटेस्टराइड विहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिने छ। सो अवसरमा गाइडमा र्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ। टेस्टराइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन रइन्टर सेप्टरकोराइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ।

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डरएयर–कुल्ड एस ओएचसी इन्जिन छ। यसले२४।५ पीएसपावर र ३२ एनएमटर्क प्रदान गर्छ।

हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यास बोर्डमा मोडर्न टचर हेकोछ। स्पिडो मिटर, ट्रिपमिटर, फ्युलगेज, डायरेक्सनल कम्पसर अन्य जरुरी इन्फर्मेसन एनालगडायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ। सो बाइकमा हेलो जन हेड ल्याम्प उपलब्ध छ ।

इन्टर सेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ। यसले ४७ बीएचपी पावरर ५२ एनएमटर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पिडको गियर बक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ। बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ। सोबाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो। यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२लाख ४९हजार रुपैयाँ छ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नोयोर इन्फिल्ड’विजेताको घोषणा समेत सोही अवसरमा फेसबुकलाइ भमार्फत गर्ने बताएको छ। दसैं र तिहारलगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्