काठमाडौंमा आजबाट पुनः भेरोसेल खोप लगाउन शुरू « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

काठमाडौंमा आजबाट पुनः भेरोसेल खोप लगाउन शुरू



काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाउन आजबाट पुनः शुरू गरेको छ । आज विहान १० बजेबाट भेरोसेलको पहिलो मात्रा लगाउन थालिएको महानगरपालिकाले जनाएको छ ।

यस पटक ५० वर्ष वा त्योभन्दा माथिको उमेर समूहका नागरिकलाई खोप दिन लागिएको हो । महानगरका ३२ वटै वडाबाट खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनजाँदा नागरिकताको प्रमाणपत्र, पासपोर्ट वा सवारिचालक प्रमाणपत्र साथैमा लैजानुपर्ने छ । ती कागजात नभए वडा कार्यालयबाट उमेर प्रमाणित गरेको कागज बोकेर जान सकिन्छ ।

अत्यावस्यक सेवाका नागरिकको हकमा भने काठमाडौंका तीन स्थानमा खोपकेन्द्र तोकिएको छ । राधास्वामी आइसोलेशन सेण्टर सामाखुसी, वीर अस्पताल, निजामति अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा अत्यावस्यक सेवाका नागरिकलाई खोप दिने वातावरण बनाइएको छ ।

खोप लगाउने समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्