सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ « Arthapath.com
२८ असार २०८०, बिहीबार

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ



काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जनालाई प्रहरिले प्रक्राउ गरेको छ । प्रहरिले झापा बिर्तामोड नगरपालिका ५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुर कटारी नगरपालिका ४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्