आर्थिक वर्ष २०८०।०८१ को बजेट सङ्घीय संसद्का दुवै सदनबाट पारित « Arthapath.com
२८ असार २०८०, बिहीबार

आर्थिक वर्ष २०८०।०८१ को बजेट सङ्घीय संसद्का दुवै सदनबाट पारित



काठमाडौं । आर्थिक वर्ष २०८०।०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आज (असार २८ गते) को बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्