आइतबार बस्दैं नागरिक लगानी कोषको साधारण सभा, के के छन् एजेण्डा « Arthapath.com
२९ असार २०८०, शुक्रबार

आइतबार बस्दैं नागरिक लगानी कोषको साधारण सभा, के के छन् एजेण्डा



काठमाडौं । नागरिक लगानी कोषले २८औं वार्षिक साधारण सभा आइतबार अर्थात असार ३१ गते बस्दैछ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहररुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित प्रस्ताव समेत रहेको छ । सभामा एक जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने भएको हुदाँ असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्