एसीसी इमर्जिङ एसिया कपः पाकिस्तानसँग १७९ रनमा अलआउट भयो नेपाल « Arthapath.com
२९ असार २०८०, शुक्रबार

एसीसी इमर्जिङ एसिया कपः पाकिस्तानसँग १७९ रनमा अलआउट भयो नेपाल



काठमाडौं । एसीसी इमर्जिङ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा साविक बिजेता पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपालले मध्ययम प्रदर्शन गरेको छ ।

नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको छ ।

नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे। सोमपाल मैदान छिर्दा नेपालले ७ विकेट गुमाउदा ६७ रन जोडेको थियो। उनले नवौं र दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो।


प्रतिक्रिया दिनुहोस्