सांसद सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनकः कांग्रेस « Arthapath.com
२६ श्रावण २०८०, शुक्रबार

सांसद सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनकः कांग्रेस



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

शुक्रवार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो । बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भिरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

काँग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आईतवार साँढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ । आज सांसदहरुले सो घटनाबारे आ–आफनो धारणा राख्नुभएको र आईतवार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताए ।


प्रतिक्रिया दिनुहोस्