एनएमबि बैंकका शाखा कार्यालयहरु स्थानान्तरण हुने « Arthapath.com
२८ श्रावण २०८०, आईतवार

एनएमबि बैंकका शाखा कार्यालयहरु स्थानान्तरण हुने



काठमाडौं । एनएमबि बैंकको विभिन्न जिल्लामा रहेको शाखा कार्यालयहरु स्थानान्तरण भएको छ ।

बैंकले हाल सुनसरी, धरान उप–महानगरपालिका वडा नं. २, महेन्द्रपथमा अवस्थित धरान शाखा सोही उप–महानगरपालिकाको वडा नं. १०, पुतलीलाईनमा र ईलाम, चुलाचुली गाउपालिका वडा नं. २, चुलाचुलीमा अवस्थित चुलाचुली शाखा सोही गाउपालिकाको वडा नं. ४, चुलाचुलीमा स्थानान्तरण गर्ने भएको हो ।

शाखा कार्यालयहरु स्थानान्तरण भई भदौ १ गतेदेखि सञ्चालन हुने बैंकले जनाएको छ । साथै, शाखा कार्यालयमा रहेका ग्राहक खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सूचारु हुने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्