मौसम खराबका कारण एयर इण्डियाको जहाज बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द « Arthapath.com
२८ श्रावण २०८०, आईतवार

मौसम खराबका कारण एयर इण्डियाको जहाज बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द



काठमाडौं । काठमाडौंको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ ।

आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिकतर्फ पोखरा अझै खुल्न सकेको छैन । सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्