सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य « Arthapath.com
२९ श्रावण २०८०, सोमबार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

आइतबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ कायम रहेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ भने अघिल्लो दिन एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रततिोला एक हजार ३७५ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्