धरानमा परीक्षण गरिएका ७१ प्रतिशतमा डेंगु संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो « Arthapath.com
२९ श्रावण २०८०, सोमबार

धरानमा परीक्षण गरिएका ७१ प्रतिशतमा डेंगु संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो



काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार २१८ पुगेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ ।

परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् ।


प्रतिक्रिया दिनुहोस्