एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न शुरु « Arthapath.com
२९ श्रावण २०८०, सोमबार

एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न शुरु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

सोमवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो । राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरु गरेको बताए । राजश्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्