दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब माथिको कारोबार « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब माथिको कारोबार



काठमाडौं । आज (मंगलबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ ।

ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.२६ अंकले घटेर ३५३.५१ बिन्दुमा रोकिएको छ ।

३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ वटै परिसूचक घटेर राताम्य बनेको छ । यसदिन कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्