सरकारले थप्यो सुर्तीजन्य पदार्थ जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति « Arthapath.com
५ बैशाख २०८१, बुधबार

सरकारले थप्यो सुर्तीजन्य पदार्थ जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति



काठमाडौं । सुर्ती, खैनीजन्य वस्तुलाई सडेर जाने जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति थप भएको छ । सरकारले यस्ता वस्तुलाई जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति तीन महिना थप गरेको हो । अर्थ मन्त्रालयले अन्तःशुल्क नियमावली २०५९ मा संशोधन गर्दै प्याकिङ गर्नुपर्ने मिति तीन महिना लम्ब्याएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटसँगै अन्तःशुल्क नियमावलीमा संशोधन गर्दै १ वैशाख २०८१ देखि सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, पान मसला, स्विट सुपारी वा यस्तै प्रकारका वस्तु) प्यालिस्टिकको खोलमा प्याकिङ गर्न नपाइने नियम ल्याएको थियो ।

तर, यस अवधिमा अपेक्षित प्रगति हुन नसकेपछि सरकारले यो नियम १ साउन २०८१ देखि लागु हुने लम्ब्याएको हो ।

अन्तःशुल्क नियमावली अनुसार अब यस्ता वस्तुलाई जैविक रुपमा सडेर जाने बायोडिग्रेडेबल सामग्रीमा मात्र प्याकिङ गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्