दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको चौथोे कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४९ अंकले बढेर १९५९.१२ को बिन्दुमा बजार बन्द भएको छ ।

 आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यूनिर्भर नेपालको सेयरमा सर्किट लागेको हो । आत्मनिर्भरको सेयर १० प्रतिशत अथवा १३६ रुपैयाँ ६० पैसाले बढेर १ हजार ५०३ रुपैयाँ पुगेको छ । यूनिर्भर नेपनलको ९.९६ प्रतिशतले बढेको छ ।

साथै, शिवम सिमेन्ट, ग्लोबल आइएमई ब्यालेनस्ड फण्ड, स्वभिमान लघुवित्तको सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्