हिमालयन लाइफ इन्स्योरेन्सको ५१ हजार ४५० कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

हिमालयन लाइफ इन्स्योरेन्सको ५१ हजार ४५० कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी हेमन्त नाहटाको नाममा रहेको ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ रहेको छ। सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्