एकदिन पनि टिकेन सेयर बजारको बढोत्तरी, साढे ४ अर्बको कारोबार, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

एकदिन पनि टिकेन सेयर बजारको बढोत्तरी, साढे ४ अर्बको कारोबार, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारमा उत्साह एक दिन पनि टिक्न सकेन । सोमार दोहोरो अंकले बढेको बजार आज भने ३०.५६ अंकले घटेको छ । साताको तेस्रो कारोबार बजार २०७० दशमलव ५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबैभ समूहहरु राताम्य बनेका छन् ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार साढे ३ अर्बको सेयर कारोबार भएकोमा आज भने वृद्धि भएको छ । उक्त दिन ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्ससहित तीन कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज हिमालयन रिको सर्वाधिक ३२ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनिरल्स एण्ड आयलको ११ करोड ९२ लाख ९५ हजार र तेस्रो स्थानमा रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको १० करोड बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्