सेयर बजारमा सामान्य सुधार: कारोबार रकम भने घट्यो, गोखार्ज फाइनान्समा झुम्मिए लगानीकर्ता « Arthapath.com
५ चैत्र २०८०, सोमबार

सेयर बजारमा सामान्य सुधार: कारोबार रकम भने घट्यो, गोखार्ज फाइनान्समा झुम्मिए लगानीकर्ता



काठमाडौं । पछिल्लो केही दिन लगातर घटेको सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले वृद्धि भएको छ ।

साताको दोस्रो कारोबार दिन बजार परिसूचक २०७३ दशमलव ५३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ०.३७ अंक, लगानी समूह ०.३५, उत्पादन तथा प्रशोधन ५७.७१ अंक र निर्जीवन बीमा समूह ११.३५ अंकले घटेको छ । उक्त दिन यी बाहेकका सबै समूहहरु बढेका छन् ।

तर, बजारमा सामान्य सुधार देखिएता पनि कारोबार रकम भने झन् घटेको छ । उक्त दिन २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ ।

लगानीकर्ता गोखार्ज फाइनान्समा झुम्मिएका छन् । आज गोर्खाज फाइनान्सको सर्वाधिक सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको २३ करोड १४ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, आज शिवम सिमेन्टको पनि २० करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्