अहिलेसम्मकै महँगो आइपीओ: सर्वोत्तम सिमेन्टका लगानीकर्ताले पहिलो दिनमै कति कमाए ? « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

अहिलेसम्मकै महँगो आइपीओ: सर्वोत्तम सिमेन्टका लगानीकर्ताले पहिलो दिनमै कति कमाए ?



काठमाडौं । सर्वोत्तम सिमेन्टको भाउ मूल्यमा सकरात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

कम्पनीको सेयर मंगलबारदेखि कारोबार भएको हो । पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ५५ रुपैयाँ ६० रुपैयाँले बढेको छ । योसँगै पहिलो दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा कायम भएको छ ।

मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ५५६ रुपेयाँ खुला भएको थियो । सोमबार कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ६० लाख कित्ता मात्र छ ।

नेप्सेले पहिलो कारोबारका लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेञ्ज तोकेको थियो । तर, अधिकतम बिन्दुबाट नै कम्पनीको सेयर कारोबार सुरु भएको थियो ।

पहिलो दिनमै कम्पनीको २ हजार ४४२ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको १४ लाख ७९ हजार ५६८ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

सर्वोतम सिमेन्टले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि सेयर बिक्री गरेको थियो । कम्पनीको आइपीओमा ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुले प्राप्त गरेका छन् । २६ जना लगानीकर्ताले थप एक कित्ता सेयर प्राप्त गरेका थिए । बुक बिल्डिङबाट आइपीओ जारी गरको हो ।

कम्पनीको आइपीओ न्युनतम ५० कित्ता भर्न पाउने व्यवस्था थियो । लगानीकर्ताले न्युनतम १८ हजार ४५ रुपैयाँमा कम्पनीको सेयर भरेका थिए । १८ हजार ४५ रुपैयाँ हालेर सेयर प्राप्त गरेका लगानीकर्ताले पहिलो दिनमै १२ हजार ५३५ रुपैयाँ कमाएका छन् । यो ५० कित्ता सेयर प्राप्त गरेका लगानीकर्ताले कमाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्