छुट्ला है अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
७ चैत्र २०८०, बुधबार

छुट्ला है अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका छ ।

कम्पनीले गत फागुन १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यसका आधारमा माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्