के भइरहेको छ सर्वोत्तम सिमेन्टको सेयर ? « Arthapath.com
७ चैत्र २०८०, बुधबार

के भइरहेको छ सर्वोत्तम सिमेन्टको सेयर ?



काठमाडौं । कारोबारमा आएको दोस्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयर मूल्य सकारत्मक सर्किट लागेको छ । यो समाचार तयार पार्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँ १० पैसा बढेको हो । योसँगै प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा कायम भएको छ।
मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ५५६ रुपेयाँ खुला भएको थियो ।

सोमबार कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ६० लाख कित्ता मात्र छ ।

नेप्सेले पहिलो कारोबारका लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेञ्ज तोकेको थियो । तर, अधिकतम बिन्दुबाट नै कम्पनीको सेयर कारोबार सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्