रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर फागुन १८ गतेदेखि आउँदै « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर फागुन १८ गतेदेखि आउँदै



काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १:०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरिसकेको छ । त्यसका आधारमा माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्सकासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्