ललितपुर प्रशासनले अत्यावश्यक बाहेकका सेवा भोलिदेखि अनिश्चितकालका लागि स्थगित « Arthapath.com
५ माघ २०७८, बुधबार

ललितपुर प्रशासनले अत्यावश्यक बाहेकका सेवा भोलिदेखि अनिश्चितकालका लागि स्थगित



काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरू भोलिदेखि स्थगित गर्ने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो।

प्रशासनले एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि नागरिकता, नागरिकताको प्रतिलिपि, संघसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी फाँटतर्फको सेवा भोलिदेखि बन्द हुने जनाएको छ। शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रूपमा जारी रहने भएको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुर प्रशासनका ४ जना कर्मचारीलाई संक्रमण पुष्टि भइसकेको र अन्य ४ जनामा पनि लक्षण देखिएकाले परीक्षण गर्न लागिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्