हकप्रद सेयर र लाभांश पारितका लागि अपि पावरको साधारण सभा फागुन १४ गते बस्ने « Arthapath.com
१८ माघ २०७९, बुधबार

हकप्रद सेयर र लाभांश पारितका लागि अपि पावरको साधारण सभा फागुन १४ गते बस्ने



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन १४ गतेका लागि बोलाएको छ । कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले सभा बानेश्वर ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्ने छ ।

सभाले गत आर्थिक वर्ष २०७८÷ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते एक दिन बुक क्लोज गरेको हुदाँ फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्