शिवम् सिमेन्टले रच्यो इतिहास, बेच्यो १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट « Arthapath.com
३ बैशाख २०८१, सोमबार

शिवम् सिमेन्टले रच्यो इतिहास, बेच्यो १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट



काठमाडौं । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहाँस रचेको छ । कम्पनीले सर्वाधिक १३ करोड ३१ लाख बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको हो ।

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय इ.ए.ऋ. सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

कम्पनीले आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत जनाएको छ । सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३ हजार टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् सिमेन्ट ओ.पि.सि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओपिसि सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

शिवम् गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

“भरोसा अटुट सम्बन्धको”, “क्वालिटीको मामलामा नो कम्फरमाइज“, “गुणस्तरको पहिचान हो शिवम” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआई, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।


प्रतिक्रिया दिनुहोस्