इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर नेपाली बजारमाः रेन्ज १२० किलोमिटरसम्म, कति पर्छ मूल्य ? « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर नेपाली बजारमाः रेन्ज १२० किलोमिटरसम्म, कति पर्छ मूल्य ?



काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा CRINK PRO, N8, CRINK V1 र GT 450 PRO छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा ’बेस्ट इन क्लास’ मानिन्छन् । यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्ने कम्पनीले जनाएको छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यो स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट वीएमएस प्रवधि जडान गरिएको छ । अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३ एमएम हाई ग्रेड एवीएस बडी पार्टस् छ । क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्र्याकिङ, जिओ ट्यागिङ लगायत विशेषता यी स्कुटरमा छन् ।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठले बताए । उनले भने, ’पावर र पफर्मेन्समा प्रतिस्पर्धी सरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं।’

भारतबाट आयातित स्कुटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उनको भनाइ रहेको थियो । CRINK PRO को २ लाख ९५ हजार रुपैया, N8 को २ लाख ५० हजार रुपैयाँ, CRINK V1 को २ लाख ६० हजार रुपैयाँ र GT 450 PRO को २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ । उपरोक्त मुल्य सिमित अवधिको लागी मात्र रहेको कम्पनीले जनाएको छ ।

CRINK PRO

यो मोडलको रेटेड पावर ३००० वाट र पिक पावर ४५०० वाट छ । प्रतिघन्टा ८० किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर एकपटकको फुल चार्जमा ९० किलोमिटरसम्म कुछ । ३५६ किलोग्राम लोडिङ क्यापासिटी रहेको क्रिङ्क प्रोमा २.२२ किलोवाटको ब्याट्री दिइएको छ । व्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । २० लिटरको बुट स्पेस रहेको क्रिङ्क प्रो निलो, कालो र सेतो कलर भेरियन्टमा उपलब्ध छ ।

N8

यो मोडलको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुछ । २२६ किलो लोडिङ क्यापासिटी रहेको एन मा २.२८ किलोवाटको व्याट्री दिइएको छ । व्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ ।

यसमा २४ लिटरको बुट स्पेस छ । क्रिङ्क प्रो निलो, खैरो र सेतो कलर भेरियन्टमा उपलब्ध छ ।

CRINK V1

रेटेड पावर २००० वाट रहेको यो स्कुटरको पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ ३०० किलो लोडिङ क्यापासिटी रहेको क्रिक भीआईमा २.२२ किलोवाट आवरको व्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ ।

यसमा १० लिटरको बुट स्पेस रहेको छ । क्रिङ्क भीआई पाँच कलर भेरियन्टमा उपलब्ध छ ।

GT 450 PRO

यसको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ । २३० किलो लोडिङ क्यापासिटी रहेको क्रिक भीआईमा २.२४ किलोवाट आवरको व्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसको बुट स्पेस १५ लिटरको छ । जीटी ४५० प्रो चार कलर भेरियन्टमा उपलब्ध छ ।

कम्पनीले सबै मोडलका व्याट्रीमा ३ वर्षको वारेन्टी दिएको छ । अगाडि, पछाडि दुवैतिर डिस्क ब्रेक रहेको स्कुटरमा अगाडी हाइड्रोलिक सस्पेन्सन र पछाडि डुअल सकर छ । बत्तीहरु एलईडी छन् ।


प्रतिक्रिया दिनुहोस्