आरटीजीएस प्रणाली थप ४ संस्थामा आबद्ध « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

आरटीजीएस प्रणाली थप ४ संस्थामा आबद्ध



काठमाण्डौ । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्