कार्यान्वयनमा आयो मौद्रिक नीतिको समिक्षा मार्फत घटाइएको सेयर धितो कर्जाको जोखिम भार « Arthapath.com
८ पुष २०८०, आईतवार

कार्यान्वयनमा आयो मौद्रिक नीतिको समिक्षा मार्फत घटाइएको सेयर धितो कर्जाको जोखिम भार



काठमाडौं । नेपाल राष्ट्र बैंकले घटाएको रियल स्टेट र सेयर धितो कर्जाको जोखिम भार कार्यान्वयनमा आएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै रियल स्टेट र ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको थियो ।

आइतबार एकीकृत निर्देशन जारी गर्दै उक्त उक्त नयाँ व्यवस्था लागू गरिएको छ । यसअघि ५० लाखभन्दा बढीको सेयर कर्जामा जोखिम भार १५० प्रतिशत थियो ।


प्रतिक्रिया दिनुहोस्